डिस्चार्ज भए उपसचिव

नेपालगञ्ज – नेपालगञ्जमा शनिबार उपसचिवसहित २१ जनाले कोरोना जितेका छन् ।
जिल्ला समन्वय समितिका उपसचिवसहित २१ जना साउन २४ गते संक्रमित भएका थिए । विभिन्न आइसोलेसन सेन्टरमा बसेका उनीहरु कोरोना जितेर घर जादैछन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जिल्लामा अहिलेसम्म ५ सय ६८ जना डिस्चार्ज भएको जानकारी दिनुभयो । २ सय ३५ जना आइसोलेसनमा बसिरहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !