बैंकमा भीडभाड, देखियो कोरोना

नेपालगञ्ज – बैंकका कर्मचारीसहित बाँकेमा १६ जनामा कोरोना पुष्टि भएको छ ।
भेरी अस्पताल, नेपालगञ्जले सार्वजनिक गरेको विवरण अनुसार, नेपाल बैंक लिमिटेड र सांग्रिला बैंकका कर्मचारीलाई कोरोना भएको छ । निषेधाज्ञा खुलेसँगै बैंकहरुमा भीडभाड हुने र भौतिक दुरी कायम गरेको पाइएको छैन । बैंकले कुपन प्रणाली लागु गरेपनि ढोकामै झुम्मिने सेवाग्राहीका कारण कोरोनाको जोखिम बढेको हो ।
‘तपाईको कुपन नम्बर कति ? ३५ । मेरो १६ हो । मेरै पालो आएको छैन । तपाईको पालो आउन त अझै धेरै समय लाग्छ । अलि पछाडी गएर बस्नुस्, पालो आइसकेका कुपनधारीले भन्दा ३५ नम्बर कुपन रहेका सेवाग्राहीले भने, यही बस्छु । छिटो पालो आउँछ कि ?’
कुपन दिएपनि बैंकले सेवाग्राहीलाई भौतिक दुरी कायम गरेर राखेको पाइदैन । नेपाल बैंक लिमिटेडको न्यूरोड शाखामा हातमा लठ्ठी लिएर ढोका बसेमा ढोकापालले भित्र जान कडाई गरेपनि ढोकामा झुम्मिएकालाई हेरेर बसिरहेको देखिन्थ्यो । अरु बैंकमा पनि यस्तै भीडभाड र अस्तव्यस्त रहेको छ ।
शुक्रबार थपिएका १६ जनामा अधिकांश नेपालगञ्जका छन् । राप्तीसोनारीका दुई र कोहलपुर एकजना रहेका छन् । भेरीमा गरिएको परीक्षणमा बर्दियाका ६ जनामा कोरोना देखिएको छ । उनीहरु सबै बाँसगढी नगरपालिकाका हुन् ।
शुक्रबार थपिएका १६ जनासँगै बाँकेमा संक्रमितको संख्या ८ सय ३ जना पुगेको छ । जसमा ५ सय ४७ जना निको भएर घर गइसकेका छन् । २ सय ५२ जना उपचारमा छन् ।


error: यो सुविधा उपलब्ध छैन !