५ ग्राम ब्राउनसुगरसहित तीन पक्राउ

ब्राउनसुगर बरामद भएपछि मुचुल्का हुँदै ।

नेपालगञ्ज – बाँके प्रहरीले ५ ग्राम तीन सय मिलिग्राम लागु औषध ब्राउनसुगर सहित तीन जनालाई पक्राउ गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २, सुनारमण्डी बस्ने साविर अलि सिद्धिकी, सोनु खान र इन्तियाज शेषलाई ब्राउनसुगरसहित पक्राउ गरिएको हो । उनीहरुले प्लाष्टिकको एक र कागजको ५४ वटा पुडिया बनाई ५ ग्राम तीन सय मिलिग्राम ब्राउनसुगर राखेका थिए ।
यसैबीच, प्रहरीले धम्बोझीचोकबाट २५ थान मोबाइल बरामद गरेको छ । भन्सार छलेर ल्याइएको मोबाइल बेवारिसे अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !