डिस्चार्ज भए ५१ जना
नेपालगञ्ज – बाँकेबाट आज ५१ जना डिस्चार्ज भएका छन् । उनीहरु घर जाने तयारीमा छन् ।
साउन २३ गते पोजिटिभ देखिएका ५१ जना कोरोना जितेर घर जान थालेका हुन् । उनीहरु होटलदेखि जिल्लाका विभिन्न आइसोलेसन सेन्टरमा बसेका थिए । तिजलाई लक्षित गरेर एक दिन पहिला नै घर पठाउने तयारी भएपनि अन्तिममा रोकिएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जिल्लाबाट ५ सय ४७ जना डिस्चार्ज भइसकेको जानकारी दिनुभयो । एकैदिन थपिनेहरु एकैलटमा डिस्चार्ज हुने भएकाले बाँकेमा दैनिकजसो नै थपिने र डिस्चार्ज हुने भइरहेको छ । पोजिटिभ देखिएकालाई १४ दिनपछि स्वतः घर पठाउने गरिएको छ । लक्षण, चिन्ह देखिएकालाई पुनः रिचेक गरेर पठाउन थालिएको छ ।
अब आइसोलेसनमा २ सय ३६ जना रहेका छन् । त्यसमा ३४ जनामा लक्षण चिन्ह देखिएको छ ।