घर पठाउने भनेर झुक्याइयो

नेपालगञ्ज – सबैले झोला प्याक गरे । कतिले त घरमा खाना पकाउन खबर गरे । दर खाने दिन भएकाले धेरैको घरमा मासु र भात पाकेको छ ।
भोली ५ गते डिस्चार्ज हुनु हुने ५१ जनालाई तीजलाई लक्षित गरेर आज साँझ नै छोडिने खबरहरु बाहिर आयो । अनलाइनहरुमा ती समाचार आएपछि शुक्रबार १४ दिन पुगेर डिस्चार्ज हुनेहरु आज नै घर जाने पाइने भन्दै झोला प्याक गर्नतिर लागे ।
कोरोना संक्रमित भएर होटलमा बसेका व्यक्तिलाई झुक्याउने काम भयो, ‘हिस्स बुढी, खिस्स दाँत ।’ झोला प्याक गरिसकेकाहरु फेरि चेन खोल्न बाध्य भए । एकजनाले भने, ‘हामीले घर जान्छौ भनेको पनि होइन । जिम्मेवार व्यक्तिले भनेपछि अनलाइनहरुमा समाचार आएको थियो । त्यही समाचार हेरेर झोला प्याक गरेका थियौ । अहिले झुक्याउने काम भयो ।’
राती १२ बजेपछि घर पठाउने कुरा पनि आएछ । राती १२ बजे घर जानु र विहान ६ बजे जानुमा के फरक छ ? अर्का एकजना प्रश्न गरे, कोरोना संक्रमित चोर हो र ? राती १२ बजे घरमा पठाउनु पर्ने ?
बाँकेमा १४ दिन पुगेपछि घरमा पठाउने गरिएको छ । ५१ जनालाई तिजसँग जोडेर एक दिन अघि घर पठाउने आइडिया निकाल्दा अन्यौल भएको हो । अन्ततः उनीहरुलाई १४ दिन नै पु¥याएर शुक्रबार विहान घर पठाउने रणनीति बनेको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले शुक्रबार विहान डिस्चार्ज गर्ने बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !