कोहलपुरमा १७ थपिए

नेपालगञ्ज – बाँकेको कोहलपुरमा कोरोना संक्रमित थपिने क्रम बढेको छ ।
बाँकेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बिहीबार बाँकेमा २४ जना संक्रमित थपिदा कोहलपुरका १७ जना परेको जानकारी दिनुभयो । उहाँका अनुसार, जानकी गाउँपालिकामा ६ र नेपालगञ्जमा एकजना संक्रमित थपिएका छन् ।
दैनिक कोरोना संक्रमित बढिरहेकाले कोहलपुरमा साउन ३२ गतेदेखि लकडाउन गरिएको छ । जानकीमा पनि लकडाउन जारी नै रहेको छ । दुवै ठाउँको लकडाउन भदौ ५ गतेसम्म जारी रहने निर्णय रहेको छ ।
बाँकेमा दैनिक संक्रमित देखा परिरहदा १४ दिन पुगेर घर जानेको संख्या पनि उत्तिकै रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !