संक्रमित नै नहुँदा नि लकडाउन ?
नेपालगञ्ज – जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठ भन्नुहुन्छ, ‘जानकी गाउँपालिकामा कोरोना संक्रमित छैनन् ।’ उहाँका अनुसार, जानकीमा एउटा क्वारेन्टाइन बनाइएको छ । त्यहाँ ५ महिला र ६ जना गरी ११ जना बसिरहेका छन् ।
जानकीमा संक्रमित छैनन भने किन लकडाउन गरिएको छ ? प्रश्न उब्जिएको छ । जानकीमा स्वाव लिएकामध्ये २० जनामा हिजो कोरोना देखिएको थियो । ती व्यक्ति जानकीका थिएनन् । सशस्त्र प्रहरी र ग्लोबल आइएमइ बैंकमा काम गर्नेहरु थिए ।
न संक्रमित छन् । न त क्वारेन्टाइनमा खचाखच व्यक्ति नै छन् । त्यसका बाबजुद जानकीले पाँच दिन लकडाउन गरेको छ । कोरोना संक्रमित नै नभएको ठाउँमा लकडाउनको निर्णय गर्नु उचित होला र ? एकथरी प्रश्न गर्छन् । क्वारेन्टाइनमा धेरै छन् । उनीहरु संक्रमित हुन सक्छन् । त्यसले जोखिम बढाउन सक्छ भन्ने हो पनि क्वारेन्टाइनमा जम्मा ११ जना छन् ।
कोहलपुर नगरपालिकाले पनि लकडाउन गरेको छ । त्यहाँ संक्रमित पनि छन् । दैनिक केही न केही थपिएका छन् ।