नेपालगञ्जका तीन र कोहलपुरका एकजना थपिए

नेपालगञ्ज – बाँकेमा चार जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, थपिएका चार जनामा तीन जना नेपालगञ्ज र एकजना कोहलपुरका छन् ।
भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा १३ जन थपिदा बाँकेमा चार जना परेका थिए । नौ जना बर्दिया जिल्लाको भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । आज देखिएका कोरोना संक्रमित नेपालगञ्ज मेडिकल कलेजले लिएको स्वावका हुन् ।


error: यो सुविधा उपलब्ध छैन !