नेपालगञ्जमा कोरोनाबाट ६२ वर्षीयको मृत्यु

नेपालगञ्ज – नेपालगञ्जमा कोरोनाबाट ६२ वर्षीय पुरुषको मृत्यु भएको छ ।
फोक्सोमा निमोनिया भएका नेपालगञ्ज–५ का ६२ वर्षीय पुरुषको गएराती मृत्यु भएको हो । साउन ३० गतेदेखि उनमा कोरोनाको लक्षण देखिएको थियो । ३२ गते नेपालगञ्ज मेडिकल कलेज भर्ना भएका थिए । अस्पतालले स्वाव लिएर परीक्षण गर्न पठाएको थियो । भदौ १ गते दिउँसो कोरोना पोजिटिभको रिपोर्ट आएको थियो । ती व्यक्तिको राती ११.४० बजे मृत्यु भएको कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
बाँकेमा योसहित चार जनाको कोरोनाबाट मृत्यु भएको छ । यसअघि नरैनापुर, बैजनाथ, कोहलपुरका व्यक्तिको कोरोनाबाट मृत्यु भइसकेको छ ।


error: यो सुविधा उपलब्ध छैन !