कैदी र प्रहरी कोरोनामुक्त

नेपालगञ्ज – नेपालगञ्ज कारागारका कैदी कोरोनामुक्त भएका छन् ।
साउन २० गते कारागारका ७ जना कैदी र वडा प्रहरी कार्यालय, नेपालगञ्जका ६ जना प्रहरीलाई कोरोना पुष्टि भएको थियो । उनीहरुलाई खजुरास्थित कृषि तालिम केन्द्र हुँदै गनापुरमा रहेको खुल्ला कारागारमा राखिएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले थुनुवा र प्रहरी डिस्चार्ज भएको जानकारी दिनुभयो । कारागारमा थुनुवालाई कोरोना देखिएपछि खैलाबैला भएको थियो । यद्यपि, कारागारमा यसअघि पनि एकजना थुनुवा र प्रहरी कोरोना जितेर गइसकेका छन् । आज डिस्चार्ज भएका ६ जना प्रहरीलाई कोरोना देखिएपछि वडा प्रहरी कार्यालय, नेपालगञ्जमा सबै प्रहरीको परीक्षण गरिएको थियो । जसमा २९ जनाको पोजिटिभ रिपोर्ट आएको थियो । वडा प्रहरी कार्यालयलाई सील गरेर उनीहरुलाई त्यही राखिएको छ ।
बाँकेमा आजको समेत गरेर ४ सय ६८ जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !