ट्राइसाइकल र सेतोछडी वितरण

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले अपाङ्गता भएका ब्यक्तिलाई सहायता सामग्री वितरण गरेको छ ।
उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दका अनुसार, शारिरिक अपाङ्गता भएका ८ जनालाई ट्राइसाइकल र १६ जना दृष्टिबिहीनलाई सेतोछडी वितरण गरिएको हो । नगर प्रमुख डा. धवलशमशेर राणा, उपप्रमुख उमा थापामगर, प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्कालगायतले सहायता सामग्री वितरण गर्नुभयो ।
सो अवसरमा नगरप्रमुख डा. राणाले अपाङ्गता भएका ब्यक्तिलाई उपमहानगरपालिकाले आगामी दिनमा समेत सहयोग गर्ने बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !