नेपालगञ्जमा ११ र खजुरामा एक जना थपिए

नेपालगञ्ज – बाँकेमा १२ जना कोरोना संक्रमित थपिएका छन् ।
भेरी अस्पताल, नेपालगञ्जका अनुसार, १२ जनामध्येमा एकजना खजुरा गाउँपालिका वडा नं. ३ का छन् भने ११ जना नेपालगञ्जका छन् । नेपालगञ्जका विभिन्न वडाका छन् । थपिएकोमा नेपालगञ्जको १, ४, ६, १०, १३ नम्बरका छन् ।
१२ जनामध्येमा ११ जना भेरी अस्पताल आफै र एकजना बागेश्वरी डाइग्नोस्टिक ल्याबबाट स्वाव लिएका व्यक्ति हुन् । क्वारेन्टाइनमा बसेका भन्दा पोजिटिभको सम्पर्कमा आएका व्यक्तिको बाहुल्यता रहेको छ । पछिल्लो दिनमा थपिएका अधिकांश पोजिटिभको सम्पर्कमा आएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !