धार्मिक संघ संस्थाको अभिलेखीकरण गरिने
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले नगरभित्रका धार्मिक संघ संस्थाहरुको अभिलेखीकरण गर्ने भएको छ ।
नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले नगर क्षेत्रभित्र रहेका सम्पूर्ण धार्मिक संघ संस्थाहरुको अभिलेखीकरण गर्ने निर्णय गरेको हो ।
बैठकले वडा नम्बर ६ मा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माणका लागि डीपीआर तयार गर्ने निर्णय गरेको छ । क्रिकेट मैदान निर्माणका लागि केही दिनअघि मात्रै सहमति भएपछि डीपीआर निर्माण गर्ने निर्णय गरिएको हो ।
बैठक नगर प्रमुख डा. धवलशमशेर राणाको अध्यक्षतामा बसेको थियो ।