मापदण्ड पूरा नगरे सात दिन पसल बन्द

नेपालगञ्ज – बाँकेमा स्वास्थ्य सम्बन्धी मापदण्ड पूरा नगरेका पसललाई सात दिन बन्द गरिने भएको छ ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले स्थलगत अनुगमनका क्रममा स्वास्थ्य सम्बन्धी मापदण्ड पूरा नगरेका पसललाई सात दिन बन्द गर्ने बताउनुभयो । ‘आज बाँकेमा पैदल अनुगमनकर्ताहरुले पसलहरुको फोटो खिच्नेछन् । स्वास्थ्य सम्बन्धी मापदण्ड पूरा नगरेको पाइएमा सात दिन पसल गराइनेछ, प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भन्नुभयो ।
पसलहरुमा भौतिक दूरी कायम गर्न डोरी लगाउनु पर्ने, सेनिटाइजर राख्नु पर्ने, मास्क लगाउनु पर्ने र मास्क लगाएर आएका ग्राहकलाई मात्रै सेवा दिनु पर्नेछ । प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भन्नुभयो, ‘यति पनि गरेनन् भने पसललाई सात दिन बन्द गर्छौ ।’
पसलहरुमा गोप्य रुपमा अनुगमनकर्ता जाने छन् । भिडियो खिचेर ल्याउनेछन् । पसलहरुले यति पनि मापदण्ड पूरा गरेनन् भने फेरि लकडाउन गर्नुपर्ने अवस्था पनि आउन सक्ने प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले चेतावनी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !