डिस्चार्ज भए वडाध्यक्ष
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष प्रमोद रिजाल र उपमहानगरपालिकाका चारजना अधिकृतसहित ११ जना डिस्चार्ज भएका छन् । उनीहरु ११ बजे घर फर्किदैछन् ।
साउन १९ गते कोरोना पुष्टि भएपछि वडाध्यक्ष रिजालसहित उपमहानगरपालिकाका अधिकृत खजुरास्थित कोरोना विशेष अस्पतालमा उपचारत थिए । वडाध्यक्ष रिजाल लक्षणसहितको विरामी हुनुहुन्थ्यो । ‘आज ११ बजे घर फर्किदैछु, वडाध्यक्ष रिजालले भन्नुभयो ।
खजुरा, लायन्स डेन्टल र आदर्शनगरको आइसोलेसनमा रहेका ११ जना डिस्चार्ज भएका हुन् । वडाध्यक्ष र उपमहानगरपालिकाका अधिकृतहरुलाई कोरोना पुष्टि भएपछि नेपालगञ्जमा हल्लीखल्ली अझ बढेको थियो ।
बाँकेमा अहिलेसम्म ४ सय ५५ जना डिस्चार्ज भएका छन् । अहिले आइसोलेसनमा २ सय ७२ जना बसिरहेका छन् ।