करणीका अभियुक्त फन्दामा

नेपालगञ्ज – बाँके प्रहरीले जबरजस्ती करणीका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
२०७२ कात्तिक २७ गते डुडुवा गाउँपालिका वडा नं. ५, बाहुन बगैचामा १२ वर्षीया बालिकालाई जबरजस्ती गरेर फरार रहेका २२ वर्षीय मोहनविक्रम शाहीलाई पक्राउ गरिएको हो इलाका प्रहरी कार्यालय, कम्दीको टोलीले शाहीलाई पक्राउ गरेर जिल्ला पठाएको छ । शाहीलाई जिल्ला अदालतले तीन वर्ष ११ महिना १६ दिन कैद सजाय तोकेको छ ।
यसैबीच, इलाका प्रहरी कार्यालय, धनौलीले उढरापुरका सनिमा बानो खाँलाई ज्यान मार्ने उद्योग गरी फरार रहेका सुग्मी खाँ, हुसुनु बानो खाँ र सविर खाँलाई पक्राउ गरेको छ । बाँके प्रहरीले फरार अभियुक्तलाई पक्राउ गर्ने अभियान चलाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !