१५ जना सशस्त्र प्रहरीलाई कोरोना

नेपालगञ्ज – बाँकेमा २० जना कोरोना संक्रमित थपिएका छन् ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले आज जिल्लामा २० जना संक्रमित थपिएको जानकारी दिनुभयो ।
आज देखिएका कोरोना संक्रमित जानकी गाउँपालिकामा स्वाव लिएका व्यक्तिहरु छन् । जानकी गाउँपालिकाकै व्यक्ति भने होइनन् । १५ जना सशस्त्र प्रहरी र तीन जना बैंकका कर्मचारीसहित २० जनामा कोरोना देखिएको बुझिएको छ । जानकीमा ३० गते ९२ जनाको स्वाव लिइएको थियो ।
बाँकेमा दैनिक नै संक्रमित देखा परिरहेका छन् । कोरोना संक्रमित बढ्दै गर्दा पालिकाहरुले आफै लकडाउनको निर्णय गर्न थालेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !