स्वस्थ्य मुटुका लागि साइकल

खजुरा – साइकल चलाउनु पर्छ, सस्तो होस् चाहे महंगो । दैनिक नियमित एक घण्टा मात्र पनि साइकल चलाउनुहुन्छ भने सम्झिनुस्, तपाईं स्वस्थ्यता आर्जन गरिरहनु भएको छ, यी कुरा हुन् नेपालगञ्ज निवासी ४३ वर्षीय फिजियोथेरापिस्ट डाक्टर पन्कज गुप्ताको ।
डा. गुप्ताले सुनाउनुभयो, साइकल केटाकेटीबाट चलाइयो । भारतबाट फिजियो कोर्स पूरा गरेर आएपछि नेपालगञ्ज मेडिकल कलेजमा जागिर भयो । हस्पिटल जादा सधैं सामान्य साइकल चढेर जाने गर्दथे । त्यसबेला अस्पतालका कर्मचारीहरुले डाक्टर भएर साइकल चढ्ने भनेर जिस्क्याउँथे । त्यो क्रम बढ्दै गएपछि मोटरसाइकल चढ्न शुरु गरे ।
१३ बर्षपछि डा. गुप्ताले नियमित रूपमा पाइडल मार्दै हुनुहुन्छ । पेट बढ्दै गएको र प्रेसर पनि बढ्न थालेपछि उहाँ गएको जेष्ठ महिनादेखि प्रत्येक दिन बिहान साइक्लिङमा निस्किनुहुन्छ । उहाँ आफू नै फिजियोथेरापिस्ट भएकोले आफुलाई साइकलको महत्व थाहा छ नै । उहाँ भन्नुहुन्छ, साइकल स्वास्थ्यका लागी अति नै महत्वपूर्ण छ । यो एरोबिक एक्सरसाइज हो । साइक्लिङ गर्दा शरीरमा प्रशस्त मात्रामा अक्सिजन पुग्ने उहाँ बताउनुहुन्छ । साइक्लिङले शरीरका मुख्य अंगहरु मुटु, फोक्सो र किड्नीलाई स्वस्थ्य बनाउन ठूलो भूमिका पु¥याउँछ, डा. गुप्ताको भनाई छ ।
साइक्लिङले कार्डियो अर्थात मुटुको एक्सरसाइज समेत हुन्छ । मोटरसाइकल र मोटरगाढिमा हिड्दा समाजबाट बिस्तारै टाढिदै गइने उहाँको अनुभव छ । गाडी भित्र बसेर सरर गुड्यो बाटोमा भेटिने छरछिमेकी र साथीभाइसँग हाइहेल्लो पनि हुँदैन । तर साइकलमा हिडडुल गर्दा बाटामा भेटिने सबैसँग रोकिदै गफ गर्दै चिया पिउदै फेरि अगाडि बढ्न सकिन्छ । साइकलले सामाजिक सम्बन्धलाई समेत बलियो र प्रगाढ बनाउने दाबी गर्नुहुन्छ, डाक्टर गुप्ता । इन्धन नलाग्ने हुँदा यसले राज्यलाई पनि सहयोग पुर्याउछ वातावरण प्रदुषणमा कमी ल्याउँछ ।
दैनिक रूपमा साइक्लिङ गर्दा शरीर भित्रका बिकारहरु पसिनाबाट निस्किने डाक्टर गुप्ताको भनाइ छ । एउटा फिजियोथेरापिस्टका नाताले सबैलाई उहाँको सुझाव छ, एक्सरसाइजका लागि साइकल सबैभन्दा उपयुक्त माध्यम हो र कम्तीमा पनि दैनिक १ घन्टा नियमित साइकलमा हिंड्न् जरुरी छ ।


error: यो सुविधा उपलब्ध छैन !