आइसोलेसनबाट नौ जना घर जादै

नेपालगञ्ज – बाँकेमा आज नौ जनाले कोरोनालाई जितेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, विभिन्न आइसोलेसनमा रहेका नौ जना डिस्चार्ज भएका छन् । उनीहरु घर जाने तयारीमा छन् ।
बाँकेमा हालसम्म ४ सय ४४ जनाले कोरोना जितेका छन् । हाल बाँकेका विभिन्न आइसोलेसनमा २ सय ५९ जना उपचारत रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !