नेपालगञ्जमा दश जना थपिए

नेपालगञ्ज – नेपालगञ्जमा आज दश जना कोरोना संक्रमित थपिएका छन् ।
अख्तियार, नेपालगञ्ज मेडिकल कलेज, नेपालगञ्ज उपमहानगरपालिकासहित जिल्ला समन्वय समितिबाट लिइएको धेरै स्वावमा कोरोना देखिएको छ । पोजिटिभ व्यक्तिको सम्पर्कमा रहेका धेरैजना परेका छन् ।
कोरोना देखिनेमा ६ पुरुष र चार महिला रहेका छन् । एकै घरका दुई जना परेको बुझिएको छ । नेपालगञ्जमा सानो संख्यामा पनि दैनिक नै कोरोना संक्रमित थपिरहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !