मेयर राणा आइसोलेसनमा

नेपालगञ्ज – नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले आइसोलेसन अस्पताल र सेन्टरमा बसेका कोरोना संक्रमितसँग भेट गर्नु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दसहितको स्वास्थ्यकर्मीको टोली लिएर मेयर डा. राणा आइसोलेसन सेन्टरहरुमा पुग्नु भएको हो । आइसोलेसन सेन्टरमा रहेका संक्रमितको समस्या बुझ्न मेयर डा. राणा जानु भएको थियो । मेयर डा. राणाले आइसोलेसनमा स्वास्थ्य उपचार र व्यवस्थापनबारेमा बुझ्नु भएको थियो ।


नेपालगञ्ज आदर्शनगर, सिटी प्यालेस, गनापुरको खुल्ला कारागार, खजुराको क्यान्सर अस्पतालमा पुगेर मेयर डा. राणाले कुनै समस्या भए आफूलाई सम्पर्क गर्न आग्रह गर्नुभयो । सो अवसरमा संक्रमितहरुले केही गुनासो पनि गरेका छन् । गनापुरको खुल्ला कारागारमा रहेका संक्रमितहरुले सधैं एकैप्रकारको खाना खुवाइरहेको गुनासो गरेका थिए ।
मेयर डा. राणाले आइसोलेसनको व्यवस्थापनमा ध्यान दिन, स्वास्थ्य उपचारमा ख्याल गर्न व्यवस्थापनमा खटिएका कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । बाँकेका विभिन्न आइसोलसनमा अहिले ८६ महिला र एक सय ७२ पुरुष गरी २ सय ५८ जना बसिरहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !