मन्त्रीको घरमा शंकास्पद कालो झोला

नेपालगञ्ज – नेपालगञ्जको गणेशपुर क्षेत्रमा रहेको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलको घर अगाडि शंकास्पद झोला फेला परेको छ ।
दिउँसो बाटो रहेको भनिएको शंकास्पद कालो झोला राती मन्त्री रावलको घर अगाडिको पर्खालमा रहेको पाइएको छ । कालो झोला पर्खालमा देखिएपछि प्रहरीलाई खबर गरिएको छ । प्रहरीले नेपाली सेनालाई खबर गरेको छ । बाँके प्रहरी प्रवक्ता सुवास खड्काले शंकास्पद देखिएपछि नेपाली सेनालाई बोलाएको जानकारी दिनुभयो ।
हिजो मात्रै त्रिवेणीमोडमा त्यस्तै बेवारिसे सुटकेस फेला परेको थियो । नेपाली सेनाले आएर लामो प्रयास पछि खोल्दा त्यसमा कपडा रहेको पाइएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !