सुटकेस, झोला छोडेर कसले तर्साइरहेको छ ?

नेपालगञ्ज – कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलको गणेशपुरस्थित घर अगाडि छोडिएको शंकास्पद झोलामा पनि कपडा रहेको पाइएको छ ।
नेपाली सेनाको टोलीले केहीबेरको प्रयास गरेपछि खोलेर हेर्दा झोलामा कपडा देखिएको हो । बेवारिसे झोलाले केही घण्टा गणेशपुर एरियामा तनाव सिर्जना गरेको थियो ।
यसअघि त्रिवेणीमोडमा पनि बेवारिसे सुटकेसले केही घण्टा तनाव दियो । नेपाली सेनासम्म आएर सावधानी अपनाएर सुटकेस खोल्नु प¥यो । हेर्दा सुटकेसमा कपडा थियो ।
नेपालगञ्जमा पछिल्लो दुई दिन यस्ता दृश्य देखिए । आखिर यस्तो कसले गरेको छ ? जानकारहरुका अनुसार, विगतमा जस्तो जनता तर्साउने भूमिगत समूह पनि देखिदैनन् । सरकारले प्रतिबन्ध गरेको विप्लव समूहले यस्तो गरेको पत्याइहाल्ने अवस्था देखिदैन । कपडा भरिएको झोला वा सुटकेस बजारमा छोड्ने र जनतालाई तर्साउने, सुरक्षाकर्मीलाई दुःख दिने नियतले कोही यो खेलमा लागेर रमाइरहेको छ भने तत्काल कारबाहीको दायरामा ल्याउनु पर्ने देखिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !