कर्मचारी, नेतादेखि प्राध्यापक संक्रमित
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाका अधिकृत, व्यापारी, प्राध्यापक, राजनीतिकर्मीलाई कोरोना देखिएको छ ।
भेरी अस्पताल, नेपालगञ्जले शुक्रबार सार्वजनिक गरेको ५१ जनामा नेपालगञ्ज उपमहानगरपालिका भित्रका ३३ जना परेका छन् । कोहलपुरका १३ जना, खजुरा, जानकी र बर्दियाका एक÷एकजना रहेका छन् । दुई जना बाँके मात्रै लेखिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका अधिकृतसहित चार जना, व्यापारी अगुवा, महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक, राजनीतिकर्मी रहेका छन् । क्वारेन्टाइनमा बसेका दश जना छन् भने बाँकी पोजिटिभको सम्पर्कमा आएका व्यक्तिहरु हुन् । कोहलपुरको वडा नं. १ का ८ जना, २ नम्बरका २, ४ नम्बरका २ र ११ नम्बरका एकजना रहेका छन् ।