थपियो निषेधाज्ञा
नेपालगञ्ज – स्थानीय प्रशासनले निषेधाज्ञालाई तीन दिन बढाएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले मंगलबार रातीसम्मका लागि निषेधाज्ञालाई बढाएको हो । जिल्लामा निषेधाज्ञा बढेको यो तेस्रो पटक हो । यसअघि गत शनिबार रातीदेखि शुरु भएको लकडाउन दोस्रो पटक बढाएर भोली शनिबार रातीसम्म गरिएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रशासन कार्यालय, बाँकेका सूचना अधिकृत दीर्घराज उपाध्यायले मंगलबार रातीसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको जानकारी दिनुभयो । बाँकेमा दिन दिनै ठूलो संख्यामा कोरोना संक्रमित बढिरहेपछि स्थानीय प्रशासनले पनि निषेधाज्ञालाई कडाई गर्दै बढाइरहेको छ ।