बाँकेमा ४९ जना थपिए

नेपालगञ्ज – बाँकेमा ४९ जना कोरोना संक्रमित थपिएका छन् ।
भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका ४९ जना थपिएका हुन् । बर्दिया र रुकुमका एक÷एक जना रहेका छन् ।
अस्पतालले ३ सय १२ वटा नमूना परीक्षण गर्दा नयाँ ५१ जना थपिएका हुन् । जसमा बाँकेका ४९ जना परेका छन् ।
बाँकेमा दैनिक ठूलो संख्यामा कोरोना थपिदा कोरोनाको जोखिम अझ बढेर गएको छ । आज देखिएका संक्रमित महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका र केही बाहिरको रहेको बुझिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !