संक्रमितलाई मौका : पैसा तिर्नुस्, होटलमा बस्नुस्

नेपालगञ्ज – नेपालगञ्जमा कोरोना संक्रमितलाई आफै पैसा तिरेर होटलमा बस्ने व्यवस्था मिलाइएको छ ।
पैसा हुने अर्थात हाइप्रोफाइल संक्रमितहरु एसीसहितको होटलमा बस्ने भएका हुन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले आफै पैसा तिरेर बस्न चाहनेहरु होटलमा बस्न सक्ने जानकारी दिनुभयो । ‘होटलमा हाम्रो सुरक्षाकर्मी हुन्छन् । खाने, बस्ने पैसा आफै तिर्छु भन्ने संक्रमितहरु होटलमा बस्न सक्छन्, प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भन्नुभयो, अहिले नेपालगञ्जको सिटी प्यालेसमा त्यस्तो व्यवस्था मिलाइएको छ ।’
होटलसम्बद्ध नै संक्रमित देखिएपछि यो व्यवस्था मिलाउन अझ सहज भएको छ । दिनको हजार रुपैयामा होटलमा बस्ने व्यवस्था मिलाउने तयारी भएको छ । ‘हाइप्रोफाइल व्यक्ति’हरुमा कोरोना देखिन थालेपछि अन्तर्राष्ट्रिय अभ्यासमा रहेको होटलमा बस्ने व्यवस्था मिलाइएको छ ।
पैसा तिर्न नसक्नेहरु चाहि यो प्रचण्डगर्मीमा पंखा पनि राम्ररी नघुम्ने आइसोलेसन सेन्टरमा बस्न बाध्य भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !