विद्यार्थी र एनजिओकर्मी डिस्चार्ज

नेपालगञ्ज – नेपालगञ्ज–१२ मा भाडामा बस्ने विद्यार्थी र नेपालगञ्ज–११ का एनजिओकर्मीसहित चार जना डिस्चार्ज भएका छन् ।
महेन्द्र बहुुमुखी क्याम्पसमा गरिएको ‘रेन्डम स्याम्पलिङ’ यी विद्यार्थी र एनजिओकर्मी स्वाव दिन पुगेका थिए । जसको रिपोर्ट पोजिटिभ आएको थियो । यिनीहरु क्वारेन्टाइनमा बसेका होइनन् । कोरोना देखिएपछि आदर्शनगरस्थित आइसोलेसन सेन्टरमा राखिएका उनीहरु आज शुक्रबार डिस्चार्ज भएको कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
शुक्रबार नै कोहलपुरका दुई महिला पनि डिस्चार्ज भएका छन् । कोहलपुर नगरपालिका वडा नं. ९ का यी महिलालाई खजुरास्थित क्यान्सर अस्पतालमा राखिएको थियो ।
फोकलपर्सन श्रेष्ठका अनुुसार, अब बाँकेको आइसोलेसन सेन्टरमा ९८ जना रहेका छन् । ४ सय ९८ जना संक्रमित भएकोमा ३ सय ९८ जना डिस्चार्ज भइसकेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !