यो एरिया भयो ‘सील’
नेपालगञ्ज – गत शनिबारदेखि निरन्तर निषेधाज्ञा जारी गरिरहेको स्थानीय प्रशासनले नेपालगञ्जका केही भागलाई सील गरेको छ ।
सुर्खेतरोडको पुष्पलालचोकदेखि गणेशमानचोकसम्म र बाँकेगाउँ हुँदै नहरपुरुवा भएर बसपार्कसम्मका एरियालाई सील गरिएको थियो । सील गरेको क्षेत्रमा निर्णयको अवज्ञा भएमा संक्रमक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही हुने चेतावनी दिइएको छ ।
स्थानीय प्रशासनले निरन्तर निषेधाज्ञा जारी गरेपनि सुर्खेतरोडदेखि पूर्वीका क्षेत्रमा जोखिम बढी रहेको भन्दै सील गरेको छ । सील गरिएको ठाउँ नेपालगञ्जको घनाबस्ती र मुख्य बजार एरिया पनि पर्छन् ।