कारकादोमा दुई वटा हाइमास्ट जडान

नेपालगञ्ज – नेपालगञ्जको कारकादौंमा मंगलबार रातीदेखि हाइमास्टको उज्यालो भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका वडा नम्बर १८ का वडा अध्यक्ष दिपक वर्माको पहलकदमीमा हाइमास्ट लाइट जडान भएको छ । काम सुरु भएको केही दिनमै हाइमास्ट जडान सम्पन्न भएको छ ।
वडा कार्यालयको १६ लाख रुपैयाको लागतमा कारकादौं चोक र एसके पेट्रोल पम्प नजिक हाइमास्ट लाइट जडान भएको वडा सदस्य दीपक ढुंगानाले जानकारी दिनुभयो ।


हाइमास्ट लाइटको उद्घाटन गर्दै वडा अध्यक्ष वर्माले सडक डिभिजन कार्यालय र विद्युत केन्द्रसँग समन्वय गरि हाइमास्ट लाइट जडान गर्न सफल भएको जानकारी दिनुभयो ।
नेपालगञ्जको विपी चोकपछि हाइमास्ट जडान हुने कारकादौं दोस्रो चोक भएको छ । ‘घनावस्ती भएको क्षेत्र भएकाले रातीको समयमा सर्वसाधारणलाई सहज हुने अपेक्षा गरिएको छ, वडा अध्यक्ष वर्माले भन्नुभयो, विस्तारै वडाका अन्य चोकमा पनि हाइमास्ट लाइट जडान गरिनेछ ।’ वडा अध्यक्ष वर्माले वडा कार्यालयले वडाबासीको माग अनुसार विकास निर्माण कार्यलाई प्राथमिकता दिदै आएको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !