६ जनाले कोरोना जिते

 

नेपालगञ्ज – बाँकेमा ६ जना कोरोना संक्रमित निको भएका छन् । खजुरा र नेपालगञ्जको आइसोलेसन सेन्टरमा बसेका उनीहरु डिस्चार्ज भएसँगै घर जाने तरखरमा छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले नेपालगञ्जको आदर्शनगरस्थित आइसोलेसनबाट ५ जना र खजुरा क्यान्सर अस्पतालबाट एकजना डिस्चार्ज भएको जानकारी दिनुभयो ।
कोरोना जितेर घर जान थालेका व्यक्तिहरु खजुराका ५ जना र नेपालगञ्जका एकजना रहेका छन् ।
बाँकेको आइसोलेसन सेन्टरमा अब २६ जना रहेका छन् । १४ दिन आइसोलेसन सेन्टरमा राख्दा कुनै लक्षण नदेखिएका व्यक्तिलाई स्वतः निको भएको मानेर डिस्चार्ज गर्ने गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !