सहकारी अध्यक्ष चौधरी कारागार चलान

नेपालगञ्ज – अदालतले सहकारी वित्तीय विकास संस्था लिमिटेड, नेपालगञ्जका अध्यक्ष हरदेवबक्स चौधरीलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।
४३ करोड रुपैयाबढी हिनामिना भएको सहकारीका अध्यक्ष चौधरी लामो समयदेखि फरार थिए । प्रहरीले केही दिनअघि मात्रै चौधरीलाई जमुनाहाबाट पक्राउ गरेको थियो । चौधरीलाई बिहीबार अदालतले पुर्पक्षका लागि कारागार पठाएको हो ।
सहकारी घोटालामा ४१ जनालाई प्रतिवादी बनाइएको छ । तीमध्येमा अध्यक्ष चौधरीसहित सात जना कारागार पुगेका छन् । कारागार पुग्नेमा गोपाल भण्डारी, गंगाधर सुवेदी, अरुण पाठक, बलराम यादव, सूर्य विक र रविन्द्र थापा रहेका छन् ।
बाँके प्रहरीका अनुसार, २७ जना प्रतिवादी अदालतमा उपस्थित भएका छन् । अब ६ जना फरार रहेका छन् ।
सहकारी पीडितहरु संघर्ष समिति नै बनाएर आन्दोलनमा उत्रिएका छन् । अध्यक्ष चौधरी पक्राउ परेपछि केही खुशी भएका पीडितहरु बिहीबार अदालत आसपासमा पुगेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !