नेपालगञ्ज–६ मा देखियो कोरोना
नेपालगञ्ज – नेपालगञ्जमा एक पुरुषमा कोरोना देखिएको छ ।
उपमहानगरपालिका वडा नं. ६ का २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । बिहीबार नै बाँकेको बैजनापुर गाउँपालिका वडा नं. १ मा पनि ११ वर्षीय बालकमा कोरोना देखिएको छ । भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा बर्दिया ठाकुरबाबा वडा नं. ५ का ३० वर्षीया महिला र सुर्खेत गुर्भाकोटका ३० वर्षीय पुरुषमा कोरोना देखिएको छ ।
कोरोना देखिएकाहरु क्वारेन्टाइनमा बसेका छन् ।