राजश्व कार्यालयमा हेल्प डेस्क

नेपालगञ्ज – नेपालगञ्ज उद्योग वाणिज्य संघले आन्तरिक राजश्व कार्यालयमा बिहीबार हेल्प डेस्क स्थापना गरेको छ ।
कर कार्यालयसँग सम्बन्धित व्यवसायिक समस्या समाधानको सहजीकरणका लागि स्थापना गरिएको हेल्प डेस्कको आन्तरिक राजश्व कार्यालय, नेपालगञ्जका प्रमुख कर अधिकृत प्रकाश पौडेल र संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।
असोज मसान्तसम्म उक्त हेल्प डेस्क सञ्चालन हुने छ भने त्यसका लागि दुई जना कर्मचारी खटाइएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख कर अधिकृत पौडेल र संघका अध्यक्ष मन्सुरीले करसँग सम्बन्धित समस्या समाधानका लागि समन्वय गरेर अगाडि बढ्ने प्रतिवद्धता गर्नुभयो ।
संघले हरेक वर्ष हेल्प डेस्क स्थापना गर्दै आएको महासचिव चिरञ्जीवी ओलीले जानकारी दिनुभयो ।
हेल्प डेस्क समन्वय समितिका संयोजक सलाउद्दिन जसगढले हेल्प डेक्सले कर कार्यालयसँग सम्बन्धित व्यवसायीका समस्या समाधानमा सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा संघका उपमहासचिव धर्मराज अर्याल, कोषाध्यक्ष हरिलाल न्यौपाने, प्रवक्ता टंक धामीलगायतका कार्यसमिति सदस्य, कर्मचारीको सहभागिता रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !