दुई लाखसहित पाँच जुवाडे पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले दुई लाख बढी रकमसहित पाँच जना जुवाडेलाई पक्राउ गरेको छ ।
कोहलपुर नगरपालिका वडा नं. ११ स्थित टोलप्रसाद हमालको घरमा जुवा खेलिरहेका पाँच जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार, जुवा खालबाट दुई लाख ५ हजार ४ सय ५० रुपैया र एक गड्डी तास फेला परेको छ ।
पक्राउ परेका पाँच जनालाई आवश्यक कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, पक्राउ पर्नेमा प्रकाश रिजाल, रमेश गिरी, टंकबहादुर रोकाय, भिमबहादुर शाही र टोलप्रसाद हमाल रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !