९६ हजार घुससहित पक्राउ परे ओली

नेपालगञ्ज – घरेलु कार्यालय, बाँकेका अधिकृत हुकुमबहादुर ओली घुससहित पक्राउ परेका छन् ।
अख्तियार कार्यालय, नेपालगञ्जका प्रमुख गणेश गैरेका अनुसार, लाइसेन्स बनाइदिने बहानामा ओलीले ९६ हजार रुपैया घुस लिदै थिए । अख्तियारको टोलीले ओलीलाई रंगेहात पक्राउ गरेको जनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !