नेपालगञ्ज र कोहलपुर ‘कर्णाली’तिर !

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाको सभाले कर्णाली प्रदेशमा मिसिन पहल गर्ने निर्णय ग¥यो । अञ्चल र क्षेत्र हुँदा देखिकै ‘लिगेसी’मात्रै होइन, कर्णालीमा मिसिदा बाँके र बर्दियाको भविष्य उज्वल हुने ठान्नेमध्येका नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाको अगुवाईमा नेपालगञ्जले त्यस्तो निर्णय पारित ग¥यो ।
नेपालगञ्जले कर्णाली प्रदेशमा मिसिने निर्णय गर्दा फरक राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने भएकाले डा. राणाले पेलेर त्यस्तो निर्णय गराए भन्नेहरु चोकचोकमा भेटिए । मेयर राणाले यस विषयमा बारम्बार राजनीतिक आस्था भन्दा माथि उठेर सोच्नु पर्ने बताउदै आउनु भएको छ । त्यसो त नेपालगञ्जको बोर्डमा मेयर राणा आवद्ध राजनीतिक पार्टीका प्रतिनिधिमात्रै छैनन् । यस निर्णयमा अरुले पनि साथ दिएकै छन् ।
कोहलपुर नगरपालिकाको सभाले पनि ‘पायक पर्ने ठाउँमा राजधानी नभए कर्णालीमा मिसिने’ निर्णय गरेको छ । कोहलपुरका मेयर लुटबहादुर रावत ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको ‘नजिक’को मानिनुहुन्छ । त्यसका बाबजुद कर्णाली प्रदेशमा मिसिदा यस क्षेत्रलाई फाइदा हुन्छ भन्ने नै निष्कर्ष निकालेर कोहलपुरले यस्तो निर्णय गरेको छ ।
जिल्लाको दुई ठूला शहरले कर्णालीमा मिसिने निर्णय गर्दा कर्णालीमा मिसिने माहोल बन्दै गएको छ । यस मुद्दामा नेपालगञ्ज र कोहलपुरले अगुवाई गर्ने छाँट देखाएका छन् । बाँकेका अरु पालिकाले यस विषयमा लिखित निर्णय गरिसकेका छैनन् । बर्दियाका केही पालिकाले यसअघि नै यस्तो निर्णय गरिसकेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !