दशगजामा आमाछोरीको भेट

नेपालगञ्ज – आमा बस्ने नेपालगञ्ज–१४, बाबुगाउँ । छोरीको घर प¥यो, भारतको बाबागञ्ज । आमा र छोरीको भेट नभएको चार महिना भएको थियो । चैत्र ११ गते लकडाउन भएपछि आमा र छोरीको भेट हुन सकेको थिएन ।
सोमबार आमा बाबुगाउँबाट जमुनाहा पुगिन् । छोरी बाबागञ्जबाट दशगजासम्म आइन् । चार महिना पछि आमा र छोरीले दशगजामा भेट गरे । झट्ट देख्दा र सुन्दा सामान्य लाग्थ्यो । तर, त्यो आमा र छोरीको भेट मार्मिक थियो ।
लकडाउनपछि नेपाल र भारतमा आवतजावत बन्द छ । आधारकार्ड भएकालाई भारत पठाउने र नेपाली नागरिकता भएकालाई नेपाल पठाउने त गरिन्छ । तर, सामान्य नागरिकलाई आवतजावत गर्न दिइएको छैन ।
यो लकडाउनले यी आमा र छोरीको भेट पनि रोकेको थियो । ‘चार महिना भयो साहव, छोरीलाई भेट्न दिनु न,’ एक आमाले यसो भन्दा जमुनाहाका प्रहरीले पनि रोक्न सकेनन् । त्यही अगाडि दशगजामा आइपुगेकी छोरीसँग भेट्न दिए । दशगजा छेउमै भुईमा बसेर आमा र छोरीले कुराकानी गरे । केहीबेरमा उनीहरु छुटिए ।


error: यो सुविधा उपलब्ध छैन !