खजुराका ४१ वर्षीया महिलामा कोरोना

नेपालगञ्ज – बाँकेको खजुरामा एक जनामा कोरोना देखिएको छ ।
खजुरा–३ का ४१ वर्षीया महिलामा कोरोना देखिएको हो । भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेको खजुरासहित विभिन्न जिल्लाका १० जनामा कोरोना देखिएको छ ।
अस्पतालका अनुसार, दाङका पाँच जना, रोल्पाका तीन जना र बर्दियाका एकजनामा कोरोना पुष्टि भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !