बन्ने भो नेपालगञ्जमा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम

नेपालगञ्ज – नेपालगञ्जको वडा नं. ६ मा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्ने भएको छ ।
लामो समयदेखि विवाद रहेको जग्गामा ऐतिहासिक सहमति भएपछि अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्ने भएको हो ।
११ विगाह जग्गा रहेकोमा करबलालाई तीन विगाह, मिर्चुवा बाबालगायतलाई दुई विगाह, वडा कार्यालयलाई तीन कठ्ठा र बाँकी बचेको ठाउँमा क्रिकेट मैदान बनाउने सहमति भएको छ । नेपालगञ्ज उपमहानगरपालिका कार्यालयमा प्रदेश सांसद मो. याकुव अन्सारी, मेयर डा. धवलशमशेर राणा, जग्गा खोज्न उपमहानगरपालिकाले बनाएको कार्यदलका संयोजक सुनिलसिंह हमाल, वडा नं. ६ का अध्यक्ष समीरप्रताप सिंह, नेकपाका नेता मो. हारुन, युवा नेताहरु प्रशान्त विष्ट, फिरोज, क्यानका बाँके अध्यक्ष दुर्गा थापालगायतको उपस्थितिमा सहमतिलाई अन्तिम रुप दिइएपछि नेपालगञ्जमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्ने भएको हो ।


क्रिकेटको उर्वरभूमि भएपनि नेपालगञ्जमा क्रिकेट नहुँदा समस्या रहदै आएको थियो । ऐतिहासिक सहमतिसँगै प्रदेश सरकारले पठाएको एक करोड रुपैया त्यसमै लगाउने मेयर डा. राणाले बताउनुभयो । गतवर्ष पनि प्रदेश सरकारबाट क्रिकेट मैदानका लागि एक करोड आएको थियो । विवाद मिल्न नसक्दा त्यो रकम धम्बोझीको ग्रासरुट फुटबल मैदानमा पुगेको थियो ।
बाँकेको कोहलपुरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनिरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !