पाँच जना डिस्चार्ज

नेपालगञ्ज – बाँकेबाट सोमबार पाँच जना डिस्चार्ज भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय तथा कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले खजुराका चार जना र नेपालगञ्जका एकजना डिस्चार्ज भएको जानकारी दिनुभयो । उहाँका अनुसार, नेपालगञ्जको आदर्शनगरमा रहेको आइसोलेसन सेन्टरबाट तीन जना, खजुरास्थित क्यान्सर अस्पताल र कृषि तालिम केन्द्रबाट एक÷एक जना डिस्चार्ज भएका छन् ।
बाँकेको आइसोलेसन सेन्टरमा अब ३३ जना बाँकी रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !