नौ वर्षीया बालिकालाई जबरजस्ती

नेपालगञ्ज – नेपालगञ्जमा १८ वर्षका किशोरले नौ वर्षीया बालिकालाई जबरजस्ती गरेको बाहिर आएको छ ।
भान्जी नाता पर्ने बालिकालाई किशोरले कोठामा लगेर जबरजस्ती गरेको खुलेको हो । घर आसपासमा खेलिरहेकी भान्जीलाई फकाएर कोठामा लगेर जबरजस्ती गरेका किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
किशोरले जबरजस्ती गरेको कुरा बालिकाले आमालाई भनेपछि घटना बाहिर आएको थियो । त्यसपछि कुरा प्रहरीकहाँ आइपुगेको बुझिएको छ । किशोर भाग्ने प्रयास गरिरहेको बेलामा पुगेको प्रहरीले उसलाई नियन्त्रणमा लिएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !