एटीएम फोर्ने ‘प्रिन्स’
नेपालगञ्ज – एटीएम फोरेको आरोपमा प्रहरीले प्रिन्स शाहीलाई पक्राउ गरेको छ ।
बैंक अफ काठमाडौंको नर्सिङहोम अगाडिको एटीएम फोरेको आरोपमा प्रहरीले प्रिन्सलाई पक्राउ गरेको हो । तीन दिन अघि एटीएम फोरिएको थियो । तर, भित्रको लक फोर्न नसक्दा पैसा लैजान सकेका थिएनन् ।
नेपालगञ्जमा केही दिनयता फेरि चोरीका घटना बढ्न थालेको छ । प्रहरीले बिहीबार मोबाइल पसलमा चोरी गर्ने पाँच जनालाई पक्राउ गरेको थियो । पछिल्ला चोरीको घटनामा प्रहरी अभियुक्तलाई समात्न सफल भएको छ ।