पक्राउ परे ‘अपराधका डन’

नेपालगञ्ज – बाँके प्रहरीले ठूल्ठूला मुद्दाका फरार अपराधीलाई पक्राउ गर्ने अभियान चलाएको छ ।
त्यसक्रममा बिहीबार ब्राउनसुगरका डिलर, अपहरण, शरीर बन्धक र जबरजस्ती करणीका अभियुक्तलाई पक्राउ गरेको छ ।
अपहरण, शरीर बन्धक, जबरजस्ती करणी र अपराधिक लाभ मुद्दामा फरार रहेका वनकट्टीका बब्बरी खाँ पठानलाई प्रहरीले पक्राउ गरेको छ । पठानको विरुद्धमा तीन वटा मुद्दा रहेको छ । त्यस्तै, जयसपुरका रेशमा खानलाई पनि प्रहरीले बिहीबार नै पक्राउ गरेको छ । उनी ब्राउनसुगरको डिलर भएको प्रहरीको दावी छ ।
त्यसअघि प्रहरीले भगेलु कलवार र राजेश यादवलाई पक्राउ गरेको थियो । कलवार १८ किलो पाँच सय ग्राम अफिमका फरार हुन् । राजेश यादव हत्या, अपहरण, विष्फोट, फिरौती असुलीलगायत ९ वटा मुद्दा रहेका व्यक्ति हुन् ।
बाँकेमा नयाँ प्रहरी प्रमुख एसपी ओम राना आएपछि फरार अपराधी पक्राउ गर्ने अभियान चलेको छ ।


error: यो सुविधा उपलब्ध छैन !