माइती नेपालको ‘क्वारेन्टाइन’मा सहयोग

नेपालगञ्ज – माइती नेपाल, बर्दियाले क्वारेन्टाइनमा रहेका महिला र बालबालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
गुलरियाको कोटही माविमा बनाइएको क्वारेन्टाइनमा रहेका ५० महिला र १५ बालबालिकालाई सेनिटाइजर, मास्क, सेम्फु, साबुन, पेन्टी, प्याड, चप्पल र बिस्कुट सहयोग गरेको माइती नेपाल, बर्दियाका संयोजक गायत्री रिमालले जानकारी दिनुभयो ।
माइती नेपालको सहयोगलाई गुलरिया नगरपालिकाका उपमेयर सुशीला गिरीले सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गर्नु भएको थियो । सो अवसरमा बोल्दै उपमेयर गिरीले माइती नेपालले महिला र बालबालिकाको क्षेत्रमा सधैं उदाहरणीय काम गर्दै आएको बताउनुभयो ।
माइती नेपाल, बर्दियाका संयोजक रिमालले माइती नेपाल सदैव महिला र बालबालिकाको हक अधिकार र न्यायको पक्षमा लड्दै आएको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !