नौ वटा मोबाइल बोकेर आउदा…

नेपालगञ्ज – नेपालगञ्जका सम्साद अन्सारी नौ वटा मोबाइलसहित पक्राउ परेका छन् ।
भारतबाट भिभो र रेडमी मोबाइल बोकेर आएका अन्सारीलाई नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाले पक्राउ गरेको हो । जमुनाहाका इन्चार्ज विष्णु गिरीको टोलीले अन्सारीलाई चेकजाँच गर्दा मोबाइल बरामद भएको थियो । अन्सारीले मोबाइल क्यारिङ गर्ने गरेको खुलेको छ ।
यता, जिल्ला प्रहरी कार्यालयको टोलीले लागु औषधका फरार अभियुक्त भगेलु कलवारलाई पक्राउ गरेको छ । १८ किलो अफिमसहित पक्राउ परेका पाँच जनाले पोलेपछि कलवार पक्राउ परेका हुन् । अरु पाँच जना असार ४ गते पक्राउ परेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !