७६ जिल्लामा कोरोना

नेपालगञ्ज – नेपालको ७६ जिल्लामा कोरोना फैलिएको छ ।
बागमतिको रसुवाबाहेक सबै जिल्लामा कोरोना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
प्रवक्ता गौतमका अनुसार, सोमबारमात्रै ५ सय ३५ जना कोरोना संक्रमित थपिएका छन् । त्यसमा ४ सय ६१ पुरुष र ७४ जना महिला रहेका छन् । नेपालमा हालसम्म ९ हजार ५ सय ६१ जनामा कोरोना देखिएको छ । त्यसमध्येमा दुई हजार एक सय ४२ जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !