विवाह भएको सात वर्षपछि नागरिकता !

काठमाडौं – वैवाहिक अंगीकृत नागरिकता तत्कालै दिन नहुने आवाज उठिरहेको बेलामा बसेको राज्य व्यवस्था समितिको बैठकमा वैवाहिक अंगीकृत नागरिकता सात वर्षपछिमात्रै दिने प्रस्ताव गरिएको छ ।
बैठकमा सभापति शशी श्रेष्ठले वैवाहिक अंगीकृत नागरिकता पाउन सात वर्ष पूरा भएको हुनुपर्ने र त्यो अवधिसम्मको लागि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार पाउने गरी स्थायी परिचयपत्र दिने प्रस्ताव गर्नु भएको हो । साविकको नागरिकता ऐनमा विवाह गरेलगत्तै वैवाहिक अंगीकृत नागरिकता पाउने व्यवस्था थियो । अरु देशमा वैवाहिक अंगीकृत नागरिकतामा कडाई रहदा नेपालमा खुकुलो भएको भन्दै कडाईका लागि आवाज उठ्दै आएको छ ।
नागरिकता ए्ेन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसदको राज्य व्यवस्था समितिमा विचाराधीन रहेको छ । उक्त विधेयक लामो समयदेखि समितिमा अल्झिरहेको छ । मंगलबारको बैठक झण्डै एक वर्षपछि बसेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !