अटोरिक्सा रोकियो
नेपालगञ्ज – बाँके प्रहरीले अटोरिक्सा सञ्चालनमा रोक लगाएको छ ।
भाडाका सवारी साधन रोक्ने नीतिअन्तर्गत अटोरिक्सा सञ्चालनमा रोक लगाइएको छ । अटोरिक्साले यात्रुलाई बोकेर हिड्दा जोखिम बढ्न सक्ने भएकाले सञ्चालनमा रोक लगाइएको प्रहरीले बताएको छ । तर, बिरामी बोकेर हिड्ने र सामान लिएर हिड्न दिइएको छ ।
झण्डै तीन महिनादेखि थन्किएका अटोरिक्सा चालकहरु लकडाउन खुकुलो हुने बित्तिकै दुई चार पैसा कमाई हुने आशामा बाहिर निस्किएका थिए । स्थानीय प्रशासनले रोक लगाएपछि चोकचोकमा रोकिएका छन् । मंगलबार सम्झाएर छोड्ने र बुधबारदेखि चलाएमा नियन्त्रणमा लिने तयारी भएको छ ।