बाँके र बर्दियाका थप १० जना संक्रमित

नेपालगञ्ज – बाँकेको कोहलपुरमा एकजना किशोरमा कोरोना पुष्टि भएको छ ।
कोहलपुर नगरपालिका वडा नं. २ मा १९ वर्षीय किशोरमा कोरोना देखिएको हो । भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा दश जनामा कोरोना देखिएको छ । नौ जना बर्दियाका छन् ।
बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. २ मा चार जना, मधुवनको वडा नं. २, ६ र ७ नम्बरमा तीन जना र राजापुर–१ मा एकजनामा कोरोना देखिएको भेरी अस्पतालले जानकारी दिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !